जम्मुकश्मिरको आतंकवादी हमलाको नेपाल सरकारबाट निन्दा

१० वैशाख २०८२, बुधबार | शुचि खबर

image

भारतको जम्मुकश्मिरमा भएको आतंकवादी हमलाको नेपाल सरकारले निन्दा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रमणको निन्दा गर्दै आतंकवाद विरुद्ध नेपाल भारतको साथमा रहेको जनाएका छन् ।

मंगलबार जम्मुकश्मिरको पहलगामको बैसारन भन्ने ठाउँमा पर्यटकहरुलाई लक्षित गरी आतंकवादी आक्रमण हुँदा नेपालीसहित कम्तिमा २६ जना मारिएको मिडिया रिपोर्ट सार्वजनिक भएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समार्फत् सो घटनाको निन्दा गर्दै  भनेका छन्, ‘पहलगाममा भएको आतंकवादी हमलाका पीडितहरूप्रति गहिरो समवेदना । नेपाल भारतको साथमा दृढतापूर्वक उभिएको छ र आतंकवादका कुनै पनि र सबै कार्यहरूको कडा निन्दा गर्दछ ।’
उनले सो घटनामा एक नेपाली नागरिक पनि मारिएको समाचार पुष्टि गर्ने प्रयास भइरहेको जानकारी पनि दिएका छन् । उनले लेखेका छन्, ‘पीडितहरूमा एक नेपाली नागरिक रहेको रिपोर्ट प्रमाणित गर्न निकट समन्वय स्थापित गरिएको छ र आवश्यक सबै सहयोग प्रदान गरिने छ ।’

Share:

Related News