तोलामा २ हजार तीन सय बढ्यो सूनको मूल्य

२० असोज २०८२, मंगलबार | शुचि खबर

image

साताको कारोबारको तेस्रो दिन मंगलवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २३०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २३३१०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २३०० रुपैयाँले बढेर २३५४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला २९६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Share:

Related News