दिल्ली बन्यो विश्वको सबैभन्दा प्रदुषित शहर

०३ मंसिर २०८१, सोमबार | शुचि खबर

image

भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । पाकिस्तानको लाहोरलाई समेत उछिन्दै दिल्लीले शीर्ष स्थान कब्जा गरेको हो ।

आईक्यू एयरका अनुसार सोमबार बिहान दिल्लीको वायुको गुणस्तर ९३१ एक्यूआई रहेको छ । यो अवस्थालाई निकै खतरनाक मानिन्छ । दोस्रो स्थानमा रहेको लाहोरको एक्यूआई ४१४ छ ।

तेस्रो स्थानमा बंगलादेशको ढाका सहर रहेको छ । त्यहाँ एक्यूआई २४२ मापन गरिएको छ । यसलाई पनि स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ । चौथो स्थानमा इराकको राजधानी बगदाद र पाँचौँ स्थानमा भियतनामको हानोई सहर छ ।

काठमाडौँ भने यो सूचीमा १७ औँ स्थानमा छ । सोमबार बिहान यहाँको एक्यूआई १ सय २७ मापन गरिएको छ ।

Share:

Related News