नेपाल भियतनामसँग पराजित

२८ असोज २०८२, बुधबार | शुचि खबर

image

काठमाडौँ। २०२७ एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले लगातार चौथो हार ब्यहोरेको छ।

भियतनामको थोङ नाट स्टेडियममा खेलको पाचौं मिनेटमा नेपालका डिफेन्डर सुमन श्रेष्ठबाट आत्मघाती गोल बेहोर्दै नेपाल सुरुवाती समयमा नै १–० ले पछाडि परेको हो। कर्नरबाट आएको बल क्लियर गर्नुपर्ने बल उनले बाहिर फ्याँक्दा नेटमा प्रहार भएको हो। यो गल्ती नै आजको निर्णायक गोल बन्यो।

खेलको प्रारम्भमै नेपाली टोलीबाट आत्मघाती गोल भएको थियो । खेल शुरू भएको पाँचौं मिनेटमै नेपाली टोलीका खेलाडी सुमन श्रेष्ठबाट आत्मघाती गोल भएको थियो । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन ।

नेपाली टोलीले भियतनामको घरेलु मैदानमा आफ्नो ‘होम गेम’ खेलेको हो । सन् २०२७ मा आयोजना हुने एएफसी एसियन कपको तेस्रो चरणको छनोटअन्तर्गत यो खेल खेलिएको हो ।

Share:

Related News