पाकिस्तानमा २३ जनाको गोली हानेर हत्या

१० भदौ २०८१, सोमबार | शुचि खबर

image

पाकिस्तानको बलुचिस्तानमा पछिल्लो २४ घण्टामा कम्तीमा २३ जनाको हत्या भएको छ ।

पञ्जाब र बलुचिस्तानलाई जोड्ने राजमार्ग मुसाखेल जिल्लाको रारशाम इलाकामा अवरुद्ध गरेका बन्धुकधारीले बस, भ्यान र ट्रकमा रहेका मानिसहरुलाई ओरालेका थिए । यसरी ओलेकाहरुको परिचय हेरेपछि गोली हानेको अधिकारीहरुले बताएका छन् ।

‘बन्धुकधारी ३०/४० जना छन्, उनीहरुले २२ वटा गाडी रोकेका छन्’, जिल्लाका सहायक आयुक्त नजीब कक्कडले समाचार एजेन्सी एएफपीलाई भनेका छन्, ‘उनीहरुले पञ्जाबबाट आएका मानिसहरु पहिचान गरे र गोली हाने ।’

यो समूहले २३ सवारी साधानमा अगजनी गरेका छन् ।

Share:

Related News