पेट्रोलमा राहत: २ रुपैयाँले घट्यो मूल्य

२८ असोज २०८२, बुधबार | शुचि खबर

image

२९ असोज, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय भएको निगमले जनाएको छ । डिजेल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ । अब पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा लिटरको १ सय ५९ रुपैयाँ कायम भएको छ । यसअघि १ सय ६१ रुपैयाँ थियो । दोस्रो वर्गका सहर सुर्खेत र दाङमा १ सय ५८ रुपैयाँ कायम भएको छ । पहिलो वर्गका सहर चारआली, विराटनगर, जनपुर सहितमा १ सय ५६ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ । यसअघि निगमले नेपालमा चाडपर्व मध्यनजर गर्दै अघिल्लो महिना भने मूल्य स्थिर राख्ने निर्णय गरेको थियो । इन्डियन आयल कर्पोरेसनबाट १५ सेप्टेम्बर र ३० सेप्टेम्बर दुवै मितिमा पेट्रोलमा क्रमशः २.२९ रुपैयाँ र ०.२४ रुपैयाँ बढेर आएको थियो । डिजेलमा भने त्यसबेला क्रमशः ३.४६ र २.३५ रुपैयाँ बढेर आएको थियो ।

Share:

Related News