प्रतिवेदन सार्वजनिक गर्दै बालेनले भने– गलत भए मलाई जेल हाल

१२ चैत २०८१, मङ्गलबार | शुचि खबर

image

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं भ्रष्टाचारीको संज्ञा दिँदै बालेनले यस्तो बताएका हुन् ।

कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले संरक्षण गरेको आरोप लगाउदै उनले लेखेका छन्, ‘यति धेरै कानून मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा चाहिँ भाषणमा सुन्नुपर्ने ? माथिको कुरा गलत भए मलाई जेल हाल ।’

बालेनले गरेका पोष्ट यस्तो छः

यति धेरै कानुन मिच्ने भ्रस्टाचारिलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भासणमा सुन्नु पर्ने

माथीको कुरा गलत भए मलाइ जेल हाल ।

Share:

Related News