प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ

२२ माघ २०८१, मंगलबार | शुचि खबर

image

देशभर पाठेघरको मुखको क्यान्सर विरुद्धको निःशुल्क एच.पि.भी. खोप अभियान शुुभारम्भ भएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार एक कार्यक्रमबीच शुभारम्भ गरेका हुन् । विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगञ्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका–३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन् ।
आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभर यो अभियान सञ्चालन हुँदैछ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिव १७ लाख किशोरीलाई यो खोप दिन लागिएको हो । 
कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले क्यान्सर विश्वमा मृत्युको कारणमध्ये एक भएको उल्लेख गरे । विश्वमा कुल ६ जनाको मृत्युमध्ये एकको मृत्यु क्यान्सरका कारण हुने गरेको बताए । नेपालको कुल मृत्युको ११ प्रतिशत भन्दा बढी क्यान्सरबाट मृत्यु हुने गरेको उनको भनाई छ । ४० प्रतिशत भन्दा बढी मृत्यु फोक्सो र पाठेघरको  क्यान्सरबाट हुने गरेको छ ।

नेपालमा हरेक दिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको र हरेक दिन ४ महिलाको मृत्यु पाठेघरको क्यान्सरको कारण हुने देवकोटाले बताए ।

Share:

Related News