बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुटेपछि सरकारी कार्यालयमा डुबान

३० माघ २०८१, बुधबार | शुचि खबर

image

काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो । वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ ।

पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।

Share:

Related News