बीबीसीविरुद्ध १–५ अर्ब डलर क्षतिपूर्ति दाबी गर्ने ट्रम्पको घोषणा

३० कात्तिक २०८२, आइतबार | शुचि खबर

image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसी पानोरामा कार्यक्रममा आफ्ना भाषणका अंशहरू गलत तरिकाले सम्पादन गरिएको आरोप लगाउँदै बीबीसीविरुद्ध ठूलो क्षतिपूर्ति दाबीसहित कानुनी कारबाही अघि बढाउने घोषणा गरेका छन्।

शुक्रबार साँझ पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “हामी उनीहरू विरुद्ध १ अर्बदेखि ५ अर्ब डलरसम्मको मुद्दा दायर गर्नेछौँ, सम्भवतः अर्को हप्तामै।” ट्रम्पका अनुसार बीबीसीको गलत एडिटिङका कारण आफूले प्रत्यक्ष रूपमा हिंसात्मक कदम चाल्न आह्वान गरेको जस्तो भ्रामक धारणा बनेको छ, जसले आफ्नो प्रतिष्ठामा ठूलाे क्षति पुर्‍याएको छ।

बीबीसीले पानोरामा कार्यक्रमको एडिटिङ प्रक्रिया उपयुक्त नभएको स्वीकार गर्दै उक्त सामग्री पुनः प्रसारण नहुने जनाइसकेको छ। संस्थाले यसबारे ट्रम्पसँग माफी मागे पनि उनले माग गरेको क्षतिपूर्ति दिन भने अस्वीकार गरेको बताइएको छ।

ट्रम्पले सम्झाइएका सामग्रीप्रति कठोर प्रतिक्रिया दिँदै भने, “मलाई लाग्छ, अब यो कदम लिनै पर्छ। उनीहरूले धोका दिए।” घटनापछि दुवै पक्षबीच सार्वजनिक रुपमा तिक्तता बढेको छ भने आगामी दिनमा कानुनी प्रक्रिया कति अगाडि बढ्छ भन्ने विषयमा अन्तर्राष्ट्रिय मिडियाको चासो समेत बढेको देखिन्छ।

Share:

Related News