भारतीय विद्युत् मन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना

१० वैशाख २०८२, बुधबार | शुचि खबर

image

भारतका विद्युत् तथा आवास मन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजार्चना गरेका छन् ।

उनका साथ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पनि मुक्तिनाथको पूजार्चना गरे । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार दुवै देशका ऊर्जा मन्त्रीका साथ नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र  १६ सदस्यीय टोली मुस्ताङ आएको हो । टोलीलाई मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले टीका र प्रसाद प्रदान गरेका थिए । 

त्यसअघि उक्त टोलीलाई प्रमुख जिल्ला अधिकारी भुसालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरूले स्वागत गरेका थिए । 
रासस 

Share:

Related News