मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा रोकिँदैनःराणा

१० वैशाख २०८२, बुधबार | शुचि खबर

image

राप्रपा महामन्त्री तथा प्रतिनिधिसभा सदस्य धवलशमशेर राणा थप उपचारको लागि आज भारत प्रस्थान गर्ने भएका छन् । हालै क्यान्सरलाई जितेको उनी फलोअपको लागि हिरासतमुक्त भएलगत्तै भारत जान लागेका हुन् । 

भारत प्रस्थान गर्नुअघि उनले मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा नरोकिने उल्लेख गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्–राष्ट्रियताको संरक्षण , प्रजातन्त्रको सुदृढीकरण ,सुशासन, धर्म, संस्कृति पहिचानको रक्षा,आर्थिक समृद्धिको निमित्त अब सम्पूर्ण राष्ट्रवादी ,हिन्दुबादी ,राजाबादी , प्रजातन्त्रबादी र परिवर्तन पक्षधरहरू एक ठाउँमा उभिनु पर्दछ । अहिले व्यक्ति गौण कुरा हो, एजेन्डा महत्त्वपूर्ण विषय हो । सानो चित्त, सङ्कीर्णता ,कुण्ठा, व्यक्तिगत महत्त्वाकाङ्क्षालाई तिलाञ्जलि दिएर देश ,जनता र एजेन्डालाई केन्द्रमा राखेर अघि बढ्नु ढिला गर्नु हुँदैन । 

समान बिचार भएकाहरू विभक्त भएर नभई एकताबद्ध भएर जानुपर्नेमा उनले जोड दिएका छन् । उच्च मनोबलसहित आन्दोलनको मोर्चामा क्रियाशील हुन उनले समर्थकलाई आग्रह समेत गरेका छन् । 

https://www.facebook.com/dhawal.shumshererana/posts/10094932023858889?ref=embed_post

 

Share:

Related News