युट्युब सेवामा समस्या: विश्वभरका प्रयोगकर्ताहरू प्रभावित, सेवा पुनः सामान्य

२९ असोज २०८२, बिहीबार | शुचि खबर

image

काठमाडौँ, असोज ३० – विश्वभरका लाखौं प्रयोगकर्ताहरूले युट्युब, युट्युब म्युजिक र युट्युब टिभीमा समस्या भोगेपछि युट्युबले सेवा पुनः सञ्चालनमा आएको जनाएको छ। कम्पनीका अनुसार, समस्या बिहीबार बिहान करिब एक घण्टासम्म देखिएको थियो।

युट्युबले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा लेख्दै भनेको छ, “यो समस्या समाधान भएको छ – तपाईंहरूले अब युट्युब, युट्युब म्युजिक र युट्युब टिभीमा भिडियोहरू चलाउन सक्नुहुनेछ!”

तर युट्युबले समस्याको कारण के थियो भन्ने खुलाएको छैन, न त यसले कति प्रयोगकर्तालाई असर गर्‍यो भन्ने विवरण दिएको छ।

वेबसाइट अवरोधहरू निगरानी गर्ने डाउनडिटेक्टर अनुसार, पूर्वी एसियाको बिहान ७ बजेअघि युट्युब सेवाहरूमा अवरोध सुरु भएको थियो। सबैभन्दा धेरै असर अमेरिका, एसिया र युरोपका प्रयोगकर्ताहरूमा देखिएको थियो। जापान, ब्राजिल र बेलायतमा पनि समस्या देखिएको उल्लेख छ।

डाउनडिटेक्टरका अनुसार, अमेरिका समयअनुसार बिहान ७:५७ बजे त्रुटिको रिपोर्ट संख्या ३,९३,०३८ पुगेको थियो, जुन केही समयमै घट्न थालेको थियो। युट्युब म्युजिक र युट्युब टिभी सेवामा भने तुलनात्मक रूपमा कम, करिब ५ हजारभन्दा कम रिपोर्टहरू दर्ता भएका थिए।

हाल सबै सेवा सामान्य रुपमा चलिरहेका छन्। युट्युबले प्रयोगकर्ताहरूको धैर्यताका लागि धन्यवाद व्यक्त गरेको छ। यद्यपि, प्राविधिक समस्या के कारणले आयो भन्नेबारे अझै स्पष्ट पारिएको छैन।

Share:

Related News