रियल मड्रिडले म्यान्चेस्टर सिटिलाई हरायो

३० माघ २०८१, बुधबार | शुचि खबर

image

च्याम्पियन्स लिग फुटबलमा स्पेनीस क्लब रियल मड्रिडले जित निकालेको छ ।
गएराति भएको प्लेअफ अन्तरगतको पहिलो लेगमा रियलले ईंग्लिश क्लब म्यान्चेस्टर सिटिलाई ३-२ गोलले हराएको हो ।
सिटिको घरेलुु मैदान इतिहाडमा रियलले पुनरागमन जित निकालेको हो ।
खेलको १९ औं मिनेटमा एर्लिङ हालाण्डले गोल गर्दै घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाएका थिए । ६० औं मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै रियललाई १-१ को बराबरीमा ल्याए ।
८० औं मिनेटमा हालाण्डले व्यक्तिगत तथा टोलिका लागि दोस्रो गोल गर्दै सिटिलाई २-१ ले अघि बढाए । उनले पेनाल्टीको सदुपयोग गर्दै गोल गरेका हुन् ।
खेलको अन्त्यतिर रियल खेलमा फर्कियो । ८६ औं मिनेटमा ब्राहिम डियाजले तथा इन्जुरी समयमा जुड बेलिङहमले गोल गर्दै रियललाई ३-२ को रोमाञ्चक जित दिलाए ।
जितसँगै रियलले दुई खेलको लेगमा अग्रता बनाएको छ । अब दोस्रो लेग फेब्रुअरी २० मा रियलको घरेलु मैदानमा हुनेछ ।

Share:

Related News