सुनको मूल्यमा निरन्तर वृद्धि, आज पनि उच्च रेकर्ड

२२ असोज २०८२, बिहीबार | शुचि खबर

image

नेपाली बजारमा सुनको मूल्य गत आइतबारदेखि लगातार बढेर दिनदिनै रेकर्ड बनाइरहेको छ । आज बिहीबार पनि सुन प्रतितोला १ हजार १०० रुपैयाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ तोकिएको छ । हिजो बुधबार  २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।   यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले बढेर ऐतिहासिक उचाइ बनाएको छ । आज सुन प्रतितोला ३ हजार २५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।   

Share:

Related News