कार्यकारी निर्देशक आउनु/जानु नियमित प्रक्रियाः ऊर्जामन्त्री

 घिसिङका बर्हिगमनसँगै फेरि लोडसेडिंग हुने गरेको चर्चा हुन थालेपछि बिहीबार ऊर्जा मन्त्री वर्षमान पुनले मन्त्रालयमा प्राधिकरणका पदाधिकारीलाई बोलाएर छलफल गरेका छन्।

छलफलमा मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशकबिहीन भएको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेकाले ती प्रश्नको जवाफ काम गरेर दिनुपर्ने बताएका छन्। उनले काम गर्दै गएपछि प्रश्नहरु सेलाउँदै जाने बताएका छन्। उनले कतिपय गुनासोहरु स्वाभाविक भए पनि कतिपय गुनासाहरु भने अस्वाभाविक भएको प्रतिक्रिया दिएका छन्।

मन्त्री पुनले प्राधिकरणको कार्यकारी निर्देशक को हुन्छ भन्ने विषय भन्दा पनि यो नियमित प्रक्रिया रहेको बताए। उनले भने, ‘कार्यकारी निर्देशक आउने/जाने प्रक्रिया नियमित हो।’ उनले घिसिङसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन निर्देशन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *