राष्ट्रपतिको ट्वीटमा कमेन्ट गर्न नमिल्ने
राष्ट्रपति भण्डारीको ट्वीटमा कमेन्ट गर्न नमिल्ने बनाइएको छ। राष्ट्रपति भण्डारीले सेप्टेम्बर ३ मा गरेको ट्वीटमा अभद्र, गालीगलौज र हेर्नै नमिल्ने कमेन्ट आउन थालेपछि विचार गरेरै कमेन्ट गर्न नमिल्ने बताएको शितल निवास स्रोतले जनाएको छ। ‘कतिपय कमेन्ट हेर्न र सहनै नसकिने देखिएपछि विचार गरेरै तत्कालका लागि राष्ट्रपतिज्यूको ट्वीटमा कमेन्ट गर्न नमिल्ने बनाइएको हो,’ स्रोतले भन्यो, ‘केही साथीहरुले केही समय कमेन्ट गर्न नमिल्ने बनाउन सुझाव पनि दिनु भएको थियो। केही समय हेरौं कस्तो हुन्छ भनेर अहिले सोच विचार गरेरै कमेन्ट गर्न नमिल्ने बनाएको हो।’