सुस्ताका सय घर डुबानमा

नवलपरासी पूर्वको सुस्तामा एक सय घर डुबानमा परेका छन् । तीन दिनदेखि परेको पानीले निकास नपाउँदा सुस्ताको थारु टोलाका एक सय घर डुबानमा परेका हुन् ।

थारु टोलाका अधिकांश घरमा ३ फिटसम्म पानी जमेको छ भने घरमा राखिएको अन्नपात भिजेको छ । शुक्रबार बिहानदेखि वर्षा रोकिएकाले पानीको सतह भने केही घट्दै गएको छ ।

नेपाली भूभाग हुँदै सुस्तामा पुग्न नारायणी नदीमा डुंगा तरेर जानपर्ने बाध्यता छ । नारायणीमा पानीको बहाव ४ लाख क्यूसेक प्रतिसेकेन्डभन्दा बढी भएकाले डुंगामा यात्रा गर्नु जोखिमपूर्ण छ । त्रिवेणीस्थित गण्डक (ब्यारेज) पुल हुँदै जान भारतीय सुरक्षाकर्मीले अवरोध गर्ने र लामो बाटो पनि पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *