जानौं गुडका गुणहरू

प्राकृतिक मिठाईको रूपमा जानिने गुड़, स्वाद को साथ साथ स्वास्थ्य को पनि खजाना हो I जानौं यसका फायदाहरू –

  1. पेट को समस्या – पेट मा ग्यास बन्ने देखि लिएर पाचन क्रिया सम्बन्धी सबै समस्याहरुको लागि फायदा गर्छ I खाना खाए पछि एक टुक्रा गुड खानेहो भने खाना छिटो पच्छ I
  2. रुघा, कांसो, चिसो, सर्दी लागेमा – गुड़को प्रयोग अमृत समान हुन्छ । यसको प्रकृति गरम हुनाले उपरोक्त बीमारीहरू ठीक हुन्छन् I
  3. गुड़ र अदुवा मिलाएर तातो बनाएर खाने हो भने गला को खराश, जलन, कफ आदि शांत हुन्छन I हाम्रो स्वर यन्त्र आवाज पनि ठीक हुन्छ I जोड़ दुख्ने पनि ठीक हुन्छ I
  4. गुड ले रक्त मा भएको हानिकारक टाक्सिनहरू बाहिर गरेर छालाको सफाई गर्छ र रक्त संचार पनि ठीक हुन्छ I स्वास संबंधी बिमारीमा पांच ग्राम गुड़ र समान मात्रा मा शुद्ध तोरीको तेल मिलाएर खाने हो भने स्वास सम्बन्धि समस्या बाट छुटकारा पाउन सकिन्छ I
  5. गलो बसेको अवस्था मा या आवाज न आएको बेलामा गुड र भात संगै खानाले गलो खुल्छ र आवाज पनि शुद्ध हुन्छ I
  6. गुड र घ्यू बराबर मिलाएर खानाले कान दुखेको या सुन्निएको ठीक हुन्छ I
  7. पीलिया भएमा ५ ग्राम सोंठ र १० ग्राम गुड मिलाएर खाने हो भने फायदा हुन्छ I
  8. महिला हरुको मासिक धर्म सम्बन्धी हुने सबै समस्या हरु जस्तै : अति रज, अल्प रज, असमय पिरियड, पेट दुख्ने, कम्मर दुख्ने आदिमा गुड र तातो दूध पिउनुहोस I या जती दिनसम्म रज हुन्छ त्यति दिन सम्म बिहान साँझ एक-एक गिलास दूधमा दुई – दुई चमच शुद्ध घ्यू घोलेर तातै तातै पिउने गर्नुहोस , ठीक हुन्छ I
  9. नियमित गुड को सेवन गर्नाले स्मरण शक्ति बढ्छ र दिमाग कमजोर पनि हुदैन I
  10. भोक लाग्दैन, खाएको पच्दैन भने नियमित गुड खानुहोस भोक पनि बढ्छ पाचन पनि ठीक हुन्छ I
  11. गुड ले मूड पनि फ्रेश गर्छ I माईग्रेन (पिनाश) आधा टाउको दुखने बीमारी मा पनि गुड लाभदायक हो I
  12. अमिलो डकार आउने, उल्टी हुन खोज्ने, पेट बटारने आदि समस्या मा पनि गुड र बिरे नून को सेवन गर्नुहोस ठीक हुन्छ I गुड ले तंत्रिका तंत्र लाइ पनि बलियो बनाउन मा मदद गर्छ I
  13. वजन कम गर्नमा पनि गुड को प्रयोग गर्न सकिन्छ I शरीर मा अधिक मात्रा मा भएको जल कम गर्छ र वजन घटाउंछ I
  14. गुड को प्रकृति गरम भए पनि यो पानी मा घोलेर सेवन गर्ने हो भने शरीर लाइ शीतल प्रदान गर्छ र गर्मी लाइ नियंत्रण मा राख्छ I
  15. छाला को समस्या, डंडीफोर को समस्या ठीक हुन्छ र छाला को रिपेयर पनि गर्छ I
  16. शरीर मा आयरन ( लौह तत्व ) को कमी भएमा गुड आयरन को एकदम ठूलो स्रोत हो I एनिमिया (रक्त को कमी ) भएका बीमारीहरुलाई गुड एकदम फायदागर्ने चीज हो I
  17. थकान लागेको बेलामा गुड खाने हो भने तुरुन्त थकान मेटाउन मा गुड ले मदद गर्छ I यसले उर्जा को स्तर पनि बढ़ाउंछ I
  18. शरीर को तापमान नियंत्रित राखनमा गुड़ सहायक हुन्छ । यसमा एंटी एलर्जिक तत्व हुन्छन, त्यसैले अस्थमा भएका बीमारी हरुलाई पनि फायदा गर्छ I
  19. पेटमा ग्यास बनी रहन्छ भने एक गिलास पानी या दूध को साथ गुड खाने गर्नुहोस पेट शीतल हुन्छ र ग्यास पनि बन्दैन I
  20. खाना खाए पछि प्रतिदिन एक टुकड़ा गुड खाने हो भने पाचन क्रिया सक्रिय हुन्छ र ग्यास पनि बन्दैन I
  21. गुड़ शरीर मा रक्त को सफाई गर्छ र मेटाबॉलिज्म रेट लाइ पनि नियंत्रित गर्छ । गुड़ गला र फोक्सो को संक्रमण को उपचार मा पनि फायदाजनक हुन्छ I
  22. अस्थमा को उपचारमा पनि गुड लाभदायक हुन्छ । गुड़ र कालो तिल का लड्डू बनाएर खाने हो भने जाड़ो को समय मा अस्थमा को समस्या हुदैन र शरीर मा आवश्यक तापमान बनी रहन्छ I

‘चिनीको बदलामा गुडको प्रयोग गरौं स्वदेशी उत्पादनको संवर्धन गरौं’  

Leave a Reply

Your email address will not be published. Required fields are marked *