समिट एयरले पनि ल्यायो टुर प्याकेज

समिट एयरलायन्सले घोषणा गरेको प्याकेजमा मुक्तिनाथ र सगरमाथा क्षेत्रको प्याकेज रहेको छ ।

१४ हजारमा नै सागरमाथा अवलोकन गर्ने समिटको प्याकेजमा उल्लेख छ ।

यस्तै धार्मिक तिर्थ स्थल मुक्तिनाथ १५ हजारमा नै भ्रमण गराउने समिटको योजना छ ।

यसका अलावा अन्य पर्यटकिय गन्तव्यका प्याकेज पनि समिटले सार्वजनिक गरेको छ ।

यसअघि बुद्ध र यति एयरले घोषणा गरेको प्याकेज भन्दा सस्तोमा समिटको प्याकेज आएपछि पर्यटन क्षेत्रमा खैलाबैला मच्चिएको छ ।यसअघि बुद्ध र यति एयरले घोषणा गरेको प्याकेज भन्दा सस्तोमा समिटको प्याकेज आएपछि पर्यटन क्षेत्रमा खैलाबैला मच्चिएको छ ।सबैभन्दा पहिले प्याकेज घोषणा गर्ने बुद्ध एयरले भन्दा यति एयरले सस्तो प्याकेज ल्यायो । तर यी दुबैको प्याकेजलाई मात खुवाउने गरी समिटले प्याकेज घोषणा गरेपछि घुम्न चाहनेका लागि गन्तव्य विशेष अफरको बहार छाएको छ ।

तर एयरलाइन्सको नाममा टुर प्याकेजहरु घोषणा भएपछि नाट्टा र टान भने ती कम्पनीमाथि जाइ लागेका छन् । ट्रेकिङ र टुर कम्पनीहरुको काम एयरलाइन्स कम्पनीले खोसेको भन्दै उनीहरुको आक्रोशित बनेका हुन् ।

संयुक्त विज्ञप्ती जारी गर्दै दुबै संस्थाहरूले आफ्नो काम नखोस्न विमान कम्पनीहरूलाई सुझाएका छन् । सबैले आ आफ्नो उद्धेश्य अनुरुप कार्य गर्ने र कसैले पनि कसैको व्यवसाय माथि हस्तक्षेप नगर्न हामी जोडदार माग गर्दछौँ, विज्ञप्तीमा उल्लेख छ । हवाई व्यवसायी नितान्त आफ्नो पेशाप्रति जिम्मेवार भई नेपाल ट्रेकिङ्ग तथा ट्राभलहरु सम्बन्धी प्याकेजमा हस्तक्षेप नगरी स्वच्छ व्यवसाय गर्न नाट्टा तथा टानले संयुक्त रुपमा अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *