काभ्रे बहुमुखी क्याम्पस प्रमुखसहित ३ जना फरार

ठगीको उजुरी परेपछि बनेपा नगरपालिका बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जना फरार भएका छन्।

उनीहरूविरूद्ध साता दिन अघि विद्यार्थी र अभिभावकले ठगीको उजुरी दिएका थिए।

गत शैक्षिक सत्रमा कक्षा ११ र १२ मा अध्ययनरत कम्प्यूटर इन्जिनियरिङ संकायमा भर्ना भएका विद्यार्थी तथा उनका अभिभावकले क्याम्पसबाट आफूहरु ठगिएको जनाउँदै बिगो दाबीसहित यही असोज १ गते मुद्धा दर्ता गरेका हुन्। 

इलाका प्रहरी कार्यालय बनेपाले यही असोज २ गते क्याम्पस प्रमुख के जी बैदार, व्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थ र व्यवस्थापन समिति सदस्य कृपेन्द्र श्रेष्ठविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ। 

‘पक्राउ पुर्जी जारी भएपछि फरार तीन जनाको खोजी भइरहेको छ’, इप्रका बनेपाका प्रहरी निरीक्षकले भने। 

उनका अनुसार अनुसन्धानका लागि जिल्ला अदालतबाट तीनै जनाको नाममा पक्राउ पूर्जी आदेश ल्याएपछि इप्रकाद्वारा पूर्जी जारीपछि आरोपितको खोजी भइरहेको हो। 

उनले भने, ‘आरोपितहरु पक्राउ पूर्जी जारीलगत्तै काठमाडौँमा लुकेको आशंका छ, हामी उनीहरूलाई खोजतलास गरी पक्राउ गर्न खटिरहेका छौँ। आरोपित सबै बनेपा निबासी हुनुहुन्छ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *