सूचीकृत कम्पनीलाई नेप्सेको निर्देशन

नेपाल स्टक एक्सचेञ्जले असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ। 

आज एक सूचना जारी गर्दै २०७७/७८ काे लागि नविकरण शुल्क बुझाउन बाँकी रहेका सूचीकृत कम्पनीहरुलाई असोज मशान्तसम्म नविकरण शुल्क बुझाउन आग्रह गरेको हो।

असोज मसान्तसम्म नवीकरण शुल्क नबुझाए नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरीवाना बुझाउनुपर्ने नेप्सेले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *