तातोपानी र रसुवागढी नाका खोल्ने सहमति

कोरोना संक्रमणका कारण बन्द रहेको चीन र नेपालबीचको नाका खुलाउने सहमति भएको छ। नेपाल-चीन व्यापार संयुक्त कार्यदलको पहिलो बैठकले नाका खुलाउने सहमति गरेको हो।

अनलाइमाध्यमबाट बसेको बैठकमा नेपाल चीन बीचका तातोपानी र रसुवागढीमा कोभिड१९ को संक्रमणबाट बच्ने सबै उपायहरु अपनाइ नाका सुचारु गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी गराएको छ।बैठकमा दुवै देशका ११-११ जनाको प्रतिनिधि थियो।

बैठकमा नेपालमा चिनियाँ लगानी अभिवृद्धि गर्ने विषयमा समेत सकरात्मक छलफल भएको जनाइएको छ। छलफलका क्रममा दुवै पक्षले राखेका विषयवस्तुहरुका अतिरिक्त नेपाल चीन बीच परवाहन –ढुवानी सम्झौताको कार्यन्वयन गर्न दुवै तर्फबाट पहल गर्ने सहमति समेत भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *