नगद कम र बोनस बढी दिने व्यवस्था नगर्न गभर्नरसँग अनुरोध

बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई नगद कम र बोनस शेयर बढी वितरण गर्ने गरी ल्याइएको नीतिमा परिवर्तन गर्न सुझाव दिएका छन् । गभर्नर अधिकारीसँग आज (मंगलबार) बैकका अध्यक्षहरुले अन्तरक्रिया गर्दै यस्तो सुझाव दिएका हुन् ।

राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थामा नगद लाभांश वितरणलाई निरुत्साहित गर्दै बोनस सेयर वितरणलाई प्रोत्साहन गरेको छ । ३० प्रतिशत भन्दा बढी नगद दिन नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेकाे छ ।

उक्त व्यवस्था परिवर्तन गर्न पनि बैंकका अध्यक्षहरुले गभर्नर अधिकारीलाई दवाव दिएका हुन् । उक्त अवसरमा गभर्नर अधिकारीले मर्जरमा जान आग्रह गरेका थिए ।

वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा अनुत्पादक क्षेत्रतर्फ कर्जा प्रवाह हुनसक्ने भन्दै उनले त्यसप्रति सजग रहन पनि बैंकका सञ्चालक समितिका अध्यक्षहरुसँग आग्रह गरे ।

राष्ट्र बैंकले मर्जर/प्राप्तिमा नीतिगत सहुलियत दिएको उल्लेख गर्दै गभर्नर अधिकारीले मर्जर/प्राप्तिको सम्बन्धमा आपसमा निर्णय गरेर निष्कर्षमा पुग्न बैंकका सञ्चालक समितिका अध्यक्षहरुसँग आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *