१५५० मै पिसिआर परीक्षण!

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले सोमबारबाट पिसिआर परीक्षण सुरु गरेको छ। प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाई भईरहेको समयमा नोबेलले सर्वसुलभ मूल्यमा पीसीआर परीक्षण सुरु गरेको हो।

सरकारले आइताबर परीक्षण अनुमति दिएपछि नोबलले सोमबारबाट सेवा सुरु गरेको हो।

कोरोना परीक्षणका लागि नोबेलले दुई वटा अत्याधुनिक अमेरीकन पीसीआर मेसिन ल्याएको जनाएको छ।

सेवा सुरु गरेसँगै नोबेलले पिसिआर परीक्षण शुल्क १ हजार ५ सय ५० रुपैयाँ तोकेको छ। नोबेलले तोकेको यो शुल्क नेपालका अरु ल्याबभन्दा सस्तो हो।

स्वास्थ्य मन्त्रालयले २ हजार भन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *