भारतका उपराष्ट्रपति नायडूलाई कोरोना संक्रमण

भारतका उपराष्ट्रपति वेंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उपराष्ट्रपति नायडूको आधिकारिक ट्विटर ह्याण्डलबाट मंगलबार साँझ नायडूलाई संक्रमण भएको जानकारी दिइएको थियो ।

‘बिहान नियमित परीक्षण गर्दा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यद्यपि लक्षण नदेखिएको र स्वास्थ्य सामान्य रहेको छ,’ उपराष्ट्रपति नायडूको ट्वीटमा भनिएको छ । हाल उनी घरमै क्वरेन्टाइनमा रहेका छन् । उनकी श्रीमती उषा नायडूको समेत कोरोना परीक्षण गरिएकोमा उनको रिपोर्ट भने नेगेटिभ आएको थियो । उनी पनि सेल्फ आइसोलेसनमा बसेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *