भारतीय कामदार भित्र्याउन घुमुवा प्रहरीकाे मिलेमताे

अवैध बाटो भएर भारतीय कामदार नेपाल भित्र्याउन प्रहरीकै घुमुवा टोली सक्रिय हुने गरेकाे पाइएकाे छ। 

कैलालीको त्रिनगर नाका तथा अन्य अवैध बाटो भएर भारतीय कामदारहरू धनगढी भित्रिरहेका छन्। प्रहरीकाे घुमुवा टाेलीले भने प्रतिव्यक्ति तीन हजारका दरले  रकम असुलेर आउन दिने गरेको भारतीय कामदारहरू बताउँछन्। 

धनगढी, टीकापुर, अत्तरियालगायतका अन्य पहाडी क्षेत्रमा रहेका साना उद्योग, मोटर ग्यारेज, वर्कसप, पेन्टिङको काम गर्न भारतीय कामदारहरू आउने गरेका छन्।

लकडाउनअघि सोही काम गरिरहेका भारतीय कामदारहरू लकडाउन भएलगत्तै भारत छिरेका थिए ।

धनगढीमा रहेको एक मोटर ग्यारेजका सञ्चालकका अनुसार नेपालमा मोटरको काम जानेका कामदारहरू नभएका कारण भारतीय कामदार नै बोलाउन परेको बाध्यता रहेको बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *