जनरल इन्स्योरेन्सको आईपीओ आवेदनमा अहिलेसम्मको रेकर्ड ब्रेक
पछिल्लो समय हरेक आवेदनमा नयाँ रेकर्ड कायम हुँदै आएको हो। जनरल इन्स्योरेन्स कम्पनीको निष्काशनमा सबैभन्दा बढी आवेदन पर्दै नयाँ रेकर्ड कायम भएको हो। उक्त कम्पनीको शेयरमा आठ लाख १३ हजार ६ सय ३२ लगानीकर्ताले आवेदन दिएका छन्। यो अहिले सम्मकै उच्च आवेदन रहेको सिडिएसिका प्रवक्ताले बताए। यस अघि रिलायन्स इन्स्योरेन्समा ६ लाख १४ हजारको आवेदन परेको थियो।
पछिल्लो समय बैक वित्तीय संस्थामा गएर आवेदन दिने भन्दा अनलाइन आवेदन दिने बढी छन्।जनरलमा मात्रै ६ लाख ३३ हजार ४५ ले अनलाइनबाट आवेदन दिएका छन् भने एक लाख ७६ हजार ५६ ले बैंक वित्तीय संस्थामै गएर आवेदन दिएका हुन्। अनलाइन आवेदक ७२.१८ प्रतिशत छन्।
जनरल इन्स्योरेन्समा दुई अर्व २५ करोड रुपैयाँ बराबरको दुई करोड २५ लाख कित्ताका लागि आवेदन परेको छ। यो माग भन्दा करिब आठ गुणा बढी हो। कम्पनीले ३० लाख कित्ता प्राथमिक शेयर निष्कासन गरेको थियो।