ओली – प्रचण्डको वार्ता भाँडियो

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहल प्रचण्डको बुधवारका लागि तय भएको भेट स्थगित भएको छ। पार्टी विवाद समाधान भएयता दैनिक जसो भेटवार्तामा रहेका ओली-प्रचण्डको भेटवार्ता एकाएक स्थगित भएको हो ।

नेकपाको विवाद समाधानका लागि ओली-प्रचण्डले तयार पारेको प्रस्तावमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने उल्लेख छ। पार्टीको लामो समयको विवाद समाधान भए पनि मन्त्रिपरिषद पुनर्गठनमा अन्यौलता देखिएपछि फेरि नेकपा वृतमा संशय उत्पन्न भएको छ।

यद्यपि भर्खरै राष्ट्रिय सभा सदस्यमा मनोनित पार्टीका उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटको आजबाट सर्वोच्चमा सुनुवाई हुँदैछ। यसै विषयको निर्णय कुर्न दुई अध्यक्षको भेटले केही समय ब्रेक लिएको बताइन्छ।

ओली अहिलेको मन्त्रिमण्डलमा रहेका धेरैजसो मन्त्रीहरुलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्ड प्रायजसो मन्त्रीहरुलाई विदाइ गर्नुपर्ने पक्षमा छन्। पुनर्गठनको विषयमा स्थायी  कमिटी बैठकको स्पिरिटअनुसार ओली अघि बढ्न सहमत नभएपछि कुरा अड्किएको प्रचण्ड पक्षको बुझाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *