बाघको आक्रमण बाट १ जनाको मृत्यु , दुई जना घाइते

रौतहटमा बाघको आक्रमण बाट १ जनाको मृत्यु भएको छ। मंगलवार रंगपुर साझेदारी बन उपभोक्ता समुहको जंगल क्षेत्र भित्र घाँस लिन गएका चन्द्रपुर नगरपालिका वडा नम्बर ६ चिम्नीटोलका २८ बर्षिय संगम भण्डारीकाे बाघ आक्रमणबाट मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । बाघको आक्रमणबाट अन्य २ जना गम्भिर घाईते भएका छन्। बाघको आक्रमण बाट घाइते हुनेमा चन्द्रपुर ६ का २८ बर्षिय अशोक थापा र ३५ बर्षिय नबिन श्रेष्ठ ( प्रबिण) रहेका छन । उनिहरुको चन्द्रपुर हस्पिटल प्रा.ली मा उपचार गरि थप उपचारका लागि कलैया पठाइएको छ ।

प्रहरीले जंगलबाट शव फेलापार्दा मृत्यु भएको भण्डारीको कम्मर देखि तल्लो भाग बाघले खाएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *