७ दिन पछि सम्झनाको अन्त्येष्टि

असोज ७ गते (बुधबार) दिउँसो ५ बजे भैंसीगोठ हिंडेकी १२ बर्षिया बालिका सम्झना विश्वकर्माकोआधा बाटोमै बिभत्स तरिकाले हत्या भएको थियो। हत्या भएको सात दिन पछि आज अन्त्येष्टी गरिएको छ ।सम्झनाको हत्यारा सार्बजनिक भएपछी आफन्तले शव बुझेका हुन् ।  बालिकालाई बलात्कार पछि हत्या गरी मन्दिरमा शव फालिएको थियो । बालिकाको बलात्कारपछि हत्या अभियोगमा स्थानीय २० वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ पछि सार्वजनिक गरिसकेको छ । बालिकाको कुटपिटबाट हत्या गरिएको खुल्न आएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *