सानिमा जनरल इन्स्योरेन्सको आईपीओ असोज २१ गतेदेखि
सानिमा जनरल इन्स्योरेन्सले असोज २१ गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको छ। सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।