मुख्यसचिवमा शंकरदास वैरागी

 सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई मुख्यसचिवमा नियुक्त गरेको एक मन्त्रीले बताए । कात्तिक ३ गते अवकाश पाउने रेग्मीले त्यसको दुई साताभन्दा अघि नै राजीनामा दिएकाले परराष्ट्र सचिव वैरागी मुख्यसचिव भएका हुन् ।

शंकरदास बैरागी।
श‌ंकरदास वैरागी

मन्त्रिपरिषद्ले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत बनाउने निर्णय गरेको छ ।

Government to go in digital system: Finance minister
युवराज खतिवडा

आजै राजीनामा दिएका रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरिएको छ ।

ReporterNepal Updating you… » lokdarsan regmi
लाेकदर्शन रेग्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *