पीसीआर परीक्षण निःशुल्क गर्न परमादेश जारी

सर्वोच्च अदालतले निःशुल्क पीसीआर परीक्षण गर्न सरकारका नाममा परमादेश जारी जारी गरेको छ । यससँग अब कोरोना भा्रइरस संक्रमण नियन्त्रणका लागि गरिने परीक्षण पीसीआरका लागि शुल्क तिर्नु नपर्ने भएको हो ।

PCR test kits procured by Nepal Army incompatible with most Nepali  laboratories

सर्वोच्चका न्यायाधिशद्धय आनन्द मोहन भट्टराई र टंक बहादुर मोक्तानको संयुक्त इजलासले बिहीबार सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा निःशुल्क पीसीआर परिक्षण गर्न परमादेश जारी गरेको बताइएको छ।

अधिवक्ताद्धय केशरजंग केसी र लोकेन्द्र वलीले भदौ २८ गते पीसीआर परिक्षण निःशुल्क हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । फैसलाको पूर्ण पाठ केही दिनभित्र आउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *