के हो काक्रो ? काक्रो खानुको फाइदाहरू:
काँक्रोको वनस्पति नाम कुकुमिस साटिभस हो। यो कुकुरविटासी परिवारमा पर्दछ। काँक्रोको उत्पति नेपाल र भारतको दक्षिण पूर्वी भागमा भएको मानिन्छ। अन्य लहरे बाली जस्तै काँक्रोले पनि धेरै गर्मी र धेरै जाडो सहन सक्दैन। यसलाई लामो समयसम्म न्यानो तापक्रमको आवश्यक पर्दछ। काँक्रो तराईमा माघ, फागुनमा रोपिन्छ भने बेमौसमी खेतीका लागि पुसमा बेर्ना तयार गरी रोपिने गर्दछ। मध्य पहाडमा फागुन, चैतमा रोपिन्छ भने उच्च पहाडमा वैशाखदेखि जेठसम्म काँक्रो रोपिने गर्दछ। यो धेरै जातका हुन्छन्। तीमध्ये कुनै ४५ दिन भित्र र कुनै ६०-६५ दिन भित्र फल्दछ। काँक्रो १२ सेमिदेखि ४५ सेमिसम्म लामो र ५ देखि १५ सेमिसम्म गोलाइ भएको पाइन्छ।
काक्राका फाइदाहरू:
– यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ । मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी मानिन्छ ।
– काँक्रो एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसमा पाइने भिटामिन ए, बि र सिले प्रतिरोधी क्षमतामा वृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ ।
– पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ ।
– यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ ।
– धेरै अध्ययनहरुले के पुष्टि गरेका छन् काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसंग लड्न मद्दत गर्छन् ।
– रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ । – मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ ।
– यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ ।
– काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो ।
– यसमा पाइने उच्च एन्टिअक्सिडेन्टले जोर्नी दुखाईलाई पनि मद्दत गर्छ । – यसले युरिक एसिडको लेभललाई पनि घटाउँछ ।
– यसले इन्सुलिन उत्पादनका लागि प्याङक्रियाजलाई सहयोग गर्छ, त्यसैले काँक्रो मधुमेहका रोगीका लागि उपयोगी हुन्छ ।
– यसले खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ ।
काक्रोमा पाइने पौस्टिक तत्त्वहरू: कार्बोहाइडे्रट, क्याल्सियम, फोस्फोरस, फलाम, भिटामिन सी, पोटासियम, म्याग्नेसियमआदि