प्रहरी अधिकारी निलम्बित

भारतको उत्तरप्रदेश राज्यको हाथरसमा भएको सामूहिक बलात्कार हत्याप्रकरणमा यूपी सरकारले प्रशासन विरुद्धको कार्वाही सुरु गरेको छ । सरकारले हाथरस क्षेत्रका अधिकांश प्रहरी अधिकारीहरुलाई निलम्बन गरेको छ । समाचार एजेन्सी एएनआईलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार यूपी सरकारले सो क्षेत्रका एसपी, डिएसपी, इन्स्पेक्टर र अन्य अधिकारीहरुलाई निलम्बन गरिदिएको छ ।

गत सेप्टेम्बर १४ मा उत्तर प्रदेशको हाथरस इलाकामा रहेको एउटा गाउँकी १९ वर्षीय किशोरीमाथि ४ जनाले सामूहिक रुपमा बलात्कार गरी भौतिक आक्रमण गरेका थिए ।

योगी आदित्यनाथ, मुख्यमन्त्री उत्तर प्रदेश

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेशमा आमा–दिदी बहिनीहरुको सम्मान र स्वाभिमान बिगार्ने सोच राख्नेहरु पुरै नास हुने निश्चित भएको बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्ः ‘उत्तर प्रदेशमा आमा–दिदी बहिनीहरुको सम्मान र स्वाभिमान बिगार्ने सोच राख्नेहरु पुरै नास हुने निश्चित छ । उनीहरुलाई यस्तो सजाय हुनेछ, जो भविष्यमा उदाहरणीय हुनेछ । तपाइँको उत्तर प्रदेश सरकार हरेक अभिभावकहरुको सुरक्षा र विकासका लागि प्रतिबद्ध छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *