पत्रकारहरूको रिले अनसन सडकमै

विभिन्न एक दर्जन सञ्चारमाध्यमले कोभिड-१९ को बहानामा पत्रकार तथा कर्मचारी निष्काशन गरेपछि रिले अनसन थालिएको श्रमजीवि हित प्रवर्द्धन समितिका सहसंयोजक जन्मदेव जैसीले बताए। 

उनका अनुसार ६ बुँदे माग राखेर असोज १५ गतेबाट रिले अनसन थालिएको हो। कोभिड-१९ को बहानामा अहिले राजधानीका साढे तीन सय कर्मचारी तथा पत्रकारलाई मिडिया हाउसले निष्काशन गरेको उनले बताए। मिडिया हाउसविरूद्ध नयाँ बानेश्वरमा सडकमै रिले अनसन बसिरहेका पत्रकारहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउन जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पुगेका छन्।

शनिबार साढे ११ बजे बानेश्वर पुगेर रिले अनसनमा बसेका पत्रकार तथा पत्रकार महासंघका नेताहरूलाई भेटेर भट्टराईले आन्दोलनलाई साथ दिएका हुन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *