आचार्य दम्पतीलाई कोरोना
चर्चित हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला आचार्ययलाई कोरोना संक्रमण भएको छ ।

मंगलबार सामाजिक सञ्जालबाट जानकारी दिदैं कलाकार आचार्यले सामान्य लक्षण देखिएकोले हिंजो आफ्नो र श्रीमती रमिलाको स्वाव परीक्षण गरेको र आज दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको बताएका छन् ।
‘यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं, कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं ।’