अष्ट्रेलियाली महिला टोलीको एकदिवसीयमा कीर्तिमान संयोग

अष्ट्रेलियाको महिला क्रिकेट टिमले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा लगातार २१ जितको कीर्तिमानसँग बराबरी गरेको छ ।

एकदिवसीय अन्तराष्ट्रियमा लगातार २१ जितको कीर्तिमान अष्ट्रेलियाकै पुरुष टिमको नाममा रहेको छ ।

घरेलु मैदानमा बुधबार न्युजिल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा जित निकाल्दै अष्ट्रेलियाले एकदिवसीयमा लगातार २१ जितको कीर्तिमान बराबरी गरेको हो ।

रिक्की पोन्टिङको कप्तानीमा अष्ट्रेलियाले २००३ मा लगातार २१ जितको कीर्तिमान बनाएको थियो । तर, अष्ट्रेलियाको महिला टिमले भने तीन वर्षको अवधिमा कीर्तिमान बराबरी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *