१७ वर्षीया मेकी क्युरिनको नाममा विश्व रेकर्ड

एजेन्सी- अमेरिकाकी १७ वर्षीया मेकी क्युरिनले संसारकै लामो खुट्टा भएको मानिसको रुपमा गिनीज विश्व रेकर्ड बनाएकी छन्। उनले रुसको एकातेरिना लिसिनाद्वारा आयोजित ५५.२ इन्चको रेकर्ड तोडेकी हुन्।

उनको दायाँ खुट्टा १३४.३ सेन्टीमिटर र बायाँ खुट्टा १३५.३ सेन्टीमिटरको रहेको छ।

गिनीज वर्ल्ड रेकर्डका अनुसार मेकीले भनिन्– ‘जसको शरीरको कुनै अंग असामान्य विकाश हुन्छ त्यसमा अफ्ट्यारो मान्नु हुँदैन, त्यसलाई शरीरको विशेषताको रुपमा लिनुपर्छ, यो रेकर्ड म ती महिलाहरुलाई प्रेरित गर्न चाहन्छु जो अग्ला छन्।’

आफ्नो लामो खुट्टाको कारण केही अफ्ट्यारो भएपनि उनी अहिले सामाजिक संजालहरुमा चर्चित भएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *