भारतको सिबीआईका पूर्वप्रमुखले गरे आत्महत्या

भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई)का पूर्व प्रमुख अश्वनीकुमारले आत्महत्या गरेका छन्। उनको शव शिमलास्थित घरमा फेला परेको हो। प्रहरीले उनले आत्महत्या गरेको बताएको छ। प्रहरीले घटनास्थलबाट अश्वनीकुमारको सुसाइड नोट फेलापारेको छ। सुसाइड नोटमा ‘आफ्नो अपांगताका कारण यस जीवनलाई समाप्त पारिरहेको र नयाँ जीवनतर्फ बढिरहेको’ उल्लेख गरिएको छ।

परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार अश्वनीकुमारले दिउँसो मन्दिर गएका थिए भने साँझमा ध्यान पनि गरेका थिए। साँझको बेला उनका छोराबुहारीले बाहिरबाट फर्कँदा बन्द कोठाभित्र डोरीमा झुण्डिएको अवस्थामा उनलाई फेला पारेका थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *