जाजरकोट जीप दुर्घटनाः चालकको घर र पसलमा लगाइदिए आगो
बुधबार जाजरकोटमा भएको जीप दुर्घटनामा मृतकका आफन्तले शव बुझेका छैनन्। मापदण्डविपरीत बनेको सडक र चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै आफन्तले छलफल नगरी शव नबुझ्ने बताएका छन्।
स्थानीय जनप्रतिनिधिको पहलमा उनीहरूले शव नबुझेपछि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको छ।
जीपका चालक फरार रहेको आशंका गरिएको छ।
‘चालकको मोबाइल गाडीमै छुटेको छ, शव पनि भेटिएको छैन,’ उनले भने,‘फरार भएको भनेर भन्न त सकिँदैन, आशंका भने त्यही हो।’
मृतकका आफन्तले भने चालक गोर्ख बहादुर बस्नेतको घर र पसलमा आगो लगाइदिएका छन्।