नेप्सेमा करेक्सन, १६ सय बिन्दुबाट तल झर्याे परिसूचक

साताको अन्तिम कारोवार दिन शेयर बजार मापक नेप्स १ हजार ६०० को बिन्दुमा अडिन सकेन । बुधवार सूचक १ हजार ६०० बिन्दु माथि उक्लिएको नेप्से बिहिवार ११.३४ अंक अर्थात ०.७१ प्रतिशतले घटेर १ हजार ५८९.६३ अंकमा ओर्लिएको छ ।

यस दिन १९३ वटा कम्पनीको १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता शेयर २ अर्ब ९० करोड ५० लाख रूपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन कारोबारमा आएकामध्ये ५३ वटा कम्पनीको शेयरमूल्य बढेको छ ।

यस दिन सबैभन्दा धेरै कारोवार हुने तीन कम्पनीमा हाइड्रोपावर कम्पनी नै छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *