भाइरसबाट मृत्यु हुनेको संख्या १० लाख ६६ हजार नाघ्यो

email sharing button
twitter sharing button
messenger sharing button

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ६६ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार कुल ३ करोड ६७ लाख संक्रमित मध्ये २ करोड ७६ लाख नीको भएका छन् । सबैभन्दा बढी मृतक र संक्रमितको संख्या अमेरिकामा छन् ।

त्यहाँ ७७ लाख संक्रमितमध्ये २ लाख १८ हजारको मृत्यु भइसकेको छ । भारतमा ६८ लाख संक्रमितमध्ये एक लाख ६ हजारको मृत्यु भइसकेको छ ।

ब्राजिलमा ५० लाख संक्रमितमध्ये एक लाख ४९ हजारको मृत्यु भएको छ । नेपालमा ९८ हजार संक्रमितमध्ये ५ सय ९० जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *