यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)लाई सन् २०२० को नोबेल शान्ति पुरस्करका लागि चुनिएको छ । नर्वेको नोबेल कमिटीका अध्यक्ष बेरिट राइस एन्डरसनले शुक्रबार नोबल शान्ति पुरस्कारको घोषणा गरेकी हुन् । उनका अनुसार डब्लूएफपले सन् २०१९ मा ८८ देशका करिब ९.७ करोड मानिसलाई सहायता गरेको थियो ।

यो वर्ष शान्ति पुरस्कारका लागि ३ सय १८ जनाको नाम सिफारिस भएको थियो । यसमा २११ जना व्यक्ति र १०७ संस्था रहेका छन् । यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम पनि सिफारिस गरिएको समाचार आएको थियो ।

नोबेल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस भएको यो पहिलो अवसर भने होइन । सन् २०१८ मा पनि दक्षिण कोरिया र उत्तर कोरियाको सम्बन्ध सुधारमा खेलेको भूमिकाका लागि उनको नाम सिफारिस गरिएको थियो । तर, उनले त्यतिबेला पुरस्कार जित्न सकेनन् । नर्वेका एक दक्षिणपन्थी नेता क्रिस्चियन टायब्रिंग येद्देले ट्रम्पको नाम नोबल शान्ति पुरस्कार २०२१ का लागि पठाएका थियो। इजरालय र यूएईबीच भएको शान्ति सम्झौताका लागि खेलेको भूमिकाका लागि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *