एक हप्ता बन्द

गोदावरी नगरपालिका आउँदो आइतबारदेखि एक हप्ताका लागि बन्द हुने भएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले आज एक सूचना जारी गर्दै नगरपालिकामा दिनानुदिन कोरोना सङ्क्रमित सङ्ख्या उच्च दरले बढ्दै गइरहेकाले सो निर्णय गरिएको जानकारी गराएका छन्।

उक्त सूचनामा नेपाल सरकारले अत्यावश्यक सेवा भनी राजपत्रमा प्रकाशन गरेका सेवा मात्र सञ्चालनमा रहने जानकारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *