राखेपका ११ बोर्ड सदस्य नियुक्त

सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ११ जना बोर्ड सदस्य नियुक्त गरेको छ ।

साेमबार बसेको मन्त्रीपरिषद् बैठकले परिषद्का रिक्त ९ जना बाेर्ड सदस्य नियुक्त गरेको हो ।  

राजनीतिक सहमती नबन्दा बोर्ड सदस्य नियुक्तिमा ढिलाई हुदै आएको थियो ।

मन्त्रीपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ९ जना बोर्ड सदस्य नियुक्त गरेका हुन् ।

राजनीतिक सहमतीका आधारमा प्रधानमन्त्री ओलीले सदस्य नियुक्त गरेका हुन् ।

नयाँ बनेकाे बाेर्ड सदस्यमा हरी खड्का, मानदेव हजारा, पुरेन्द्र बिक्रम लाखे, राजेश गुरुङ, मोहमद सागिर शेख, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रबदना राई, सुमित्रा चौधरी मनाेनित भएका छन् ।

यसका साथै संघको सिफारिसमा हुने दुईवटा महिला कोटामा रेनुका श्रेष्ठ, सुबर्णकेशरी श्रेष्ठ परेका छन्।

नयाँ ऐनअनुसार राखेपको वोर्डमा ३७ जना रहन्छन्।

 राखेप सदस्य सचिवमा रमेश सिलवाल र उपाध्यक्षमा शिव काेइराला मन्त्रीपरिषदबाट नियुक्त भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *