आज कहाँ कहाँ र कति काटिन्छ बिजुलीको लाइन?

लाइन मर्मत, पोल सार्न, तारमा लागेका रुखका हाँगा काट्न र नयाँ तार तान्न बिद्युत प्राधिकरणले बिभिन्न स्थानमा शनिबार ७ देखि १० घन्टासम्म वितरण बन्द गर्ने भएको छ। 

उपत्यकाका विभिन्न वितरण केन्द्रबाट शनिबार बढीमा ७ घण्टासम्म बिजुली काटिने भएको छ। बिभिन्न स्थानमा मर्मतका लागि उपत्यकाका लगनखेल, कलंकी, बालाजु, पुल्चोक र जोरपाटी वितरण केन्द्रको लाइन अवरुद्ध हुने भएको हो। 

केन्द्रबाट लाइन काटिदा उपत्यकाका ३ वटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश ठाउँमा दिनभर बिजुली अवरुद्ध हुन लागेको हो। पुल्चोक वितरण केन्द्रबाट बिहान ९ बजे देखि बेलुका ४ बजेसम्म लाइन काटिने छ। 

जोरपाटी वितरण केन्द्रबाट १० बजेदेखि साँझ ५ बजेसम्म लाइन काटिदै छ। लगनखेल, कलंकी र बालाजुबाट भने बिहान ११ बजे देखि बेलुका ५ बजेसम्म लाइन काटिन लागेको विद्युत प्राधिकरणले जनाएको छ। रुखका हाँगा लगायतका अवरोध हटाउन लगनखेल वितरण केन्द्रको टौखेल र चापागाउँ उपकेन्द्रबाट लाइन काटिँदा मूलपानी, कोतडाँडा, विष्टचाप, मान डाँडा र धोबीखोला क्षेत्रमा ११ बजेदेखि ६ घण्टा बत्ती आउने छैन। यस्तै कुलेश्वर वितरण केन्द्रबाट पनि ६ घन्टाका लागि ११ बजे काटिने लाइन साँझमात्रै आउनेछ। यसबाट सालिक चोक, अमरज्योति स्कुल, हसनटार र मालपोत क्षेत्रमा लाइन काटिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *