कोलकत्ताको रोमान्चक जित, पन्जाब २ रनले पराजित

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले चौंथो जित निकालेको छ ।

आबुधाबीमा शनिबार भएको रोमान्चक खेलमा किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गर्दै कोलकत्ताले चौंथो जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।

पन्जाबका कप्तान केएल राहुल र मायांक अग्रवालले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

जितसँगै कोलकत्ता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ६ खेलमा ८ अंक जोडेको छ ।

पन्जाबको भने यो छैटौं हार हो । ७ खेलमा १ जितसहित २ अंक जोडेको पन्जाब पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *