चिकित्सक संघको आन्दोलन फिर्ता
नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ । सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति भएपछि चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको हो ।
संघका महासचिव वद्री रिजालद्वारा जारी विज्ञप्ति मार्रफत आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको बताएकाछन् । डा. केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड–१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको थियो ।